नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदौ ।
काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । आज (बिहीबार) बिहान ७ः३० बजे वडाध्यक्ष रिजालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा सिभियल निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका निर्देशक डा विनोद विजुक्छेले जानकारी दिए । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थीव शरिर अहिले विहान ११ बजे राष्ट्रिय सभागृहमा राखेर आजै पशुपतिनाथस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।