नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ भदौ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौँले पीडित किशोरीको बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले यस्तो आदेश दिएको हो ।
न्यायाधीश सकुन्तला कार्कीको इजलासले आइतबार थप केही कागजातको अभिलेख झिकाउने आदेश भएको अदालतका श्रेस्तेदार कौशलेश्वार ज्ञवालीले जानकारी दिए । लामिछानेको मुद्दा फैसलाका लागि पेसी चढ्दै आएको छ ।
लामिछानेविरुद्ध नाम परिर्वतन (गौशाला) ले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । यसअघि बलात्कार आरोपको कारण सर्वोच्च अदालतमा रहेको पेशी भदौ २१ गतेको लागि सरेसँगै उनको एसिया कप खेल्ने बाटो खुलेको थियो ।
नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिँदै विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।