मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । सप्तरी, कंचनरुप नगरपालिका-११ सुन्दरी खोलाको बगरमा सोही नगरपालिका-७ वलुवा चोक बस्ने २० वर्षीय राहुल चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-१४ मुजेलियास्थित चौरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।



दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार