नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।

देशका विभिन्न स्थानबाट मृत अवास्थाना १० जना फेला परेका छन् । बझाङ, छबिसपाथिभेरा गाउँपालिका-४ स्थित तिलेली खोलाको किनारामा सोही गाउँपालिका-१ जिप्ली बस्ने ६० वर्षीय बर्म बिष्ट शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका-१६ डक्रैनास्थित मलवारे कुलोमा सोही उपमहानगरपालिका-१२ बस्ने ३२ वर्षीय गोविन्द भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता मोरङ, केराबारी गाउँपालिका-१० बस्ने ६० वर्षीय दिलकुमार याख्खा आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौरस्थित वडा कार्यालय नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता सर्लाही, इश्वरपुर नगरपालिका-१४ स्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बागलुङ, गलकोट नगरपालिका-७ बामिया बस्ने ज्ञान बहादुर खड्काको घर पछाडी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी अर्घाखाँची, भुमिकास्थान नगरपालिका-४ घाट खोलास्थित पोखरीमा सन्धिखर्क नगरपालिका-८ खाल बस्ने ४२ वर्षीय लोक बहादुर खत्री शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यता कैलाली, टिकापुर नगरपालिका-१ ज्योतिनगर बस्ने ५६ वर्षीय चित्र बहादुर राजी सोही ठाउँस्थित सडकमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै गुल्मी, सत्यवती गाउँपालिका-४ लुम्दीखोलास्थित बडीगार्ड खोलामा गुल्मी दरबार गाउँपालिका-१ सिख्र बस्ने ३४ वर्षीय गोबिन्द बिश्वकर्मा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै रुपन्देही, तिलोत्तमा नगरपालिका-१ प्रेमनगर चोक बस्ने हाल एकिन नाम, थर, वतन नखुलेको छोटे कान्छा नामले परिचित पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

