नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ भदौ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ ले शनिबार व्यवसायी तथा उद्यमीहरूको हक, अधिकार तथा ऐन कानुनसम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरप्रमुख उपेन्द्र कार्की प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता वडा नं. ९ का वडाध्यक्ष अनिल थापाले गरेका थिए ।
कार्यक्रममा कर तथा राजशव सङ्कलन, पार्किङ व्यवस्थापन, अव्यवस्थित बजार नियन्त्रण र बजार अनुगमन, घरबहाल सम्झौता तथा पसल खोल्ने समयसहितका विषयमा व्यवसायी तथा उद्योगीहरूसँग गहन छलफल भएको थियो ।
शुभश्री पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कागेश्वरी महोहरा नगरपालिकाका सरोकारवाला विभागका प्रमुखहरू, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, वाणिज्य विभागका प्रतिनिधि, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको कार्यक्रममा वडाका उद्योग व्यवसाय क्षेत्रका र अन्य सरोकारवालाहरूको बाक्लै उपस्थिति रहेको थियो ।

