नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ भदौ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । दाङ, बबई गाउँपालिका-६ सुनपुर बस्ने ६७ वर्षीया ईश्वरी डाँगी आफ्नै सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानास्थित बल्खु खोलाको झोलुङ्गे पुल मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, मेचिनगर नगरपालिका-९ झोडास्थित खेतमा सोही नगरपालिका-९ फारम टोल बस्ने ७१ वर्षीय कुल बहादुर रनपहेली शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै धादिङ, ज्वालामुखी गाउँपालिका-१ स्थित बुढीगण्डकी नदी किनारमा गोरखा गण्डकी गाउँपालिका-३ बस्ने ४८ वर्षीय युवराज रेग्मी शनिबार मृत अवस्थामा फेला परेका छन् । उता धनुषा, सबैला नगरपालिका-३ सबैला बस्ने ६५ वर्षीय योग नारायण महतो आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

