मृत अवस्थामा ११ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । स्याङजा, आँधिखोला गाउँपालिका-१ निउरीखोला बस्ने ५८ वर्षीय ससे विक सोही गाउँपालिका-१ चिप्लेटीस्थित सडकको कुनामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै रुपन्देही, कञ्चन गाउँपालिका-१ कञ्चन खोलामा हाल नाम, थर, वतन नखुलेकी ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यता सोलुखुम्बु, महाकुलुङ गाउँपालिका-१ छेक्याम बस्ने ४० वर्षीय सुजन राई सोही गाउँपालिका-१ स्थित लिप्पो खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै पर्सा, ठोरी गाउँपालिका-४ स्थित उखु बारीमा जगरनाथपुर गाउँपालिका-१ बस्ने ४० वर्षीय लाल मोहम्मद मिया सोमबार मृत अवस्थमा फेला परेका छन् । उता झापा, कचनकवल गाउँपालिका-१ पिण्डलबारी नेपाल भारत दशगजास्थित धानखेतमा भारत किसनगंज मथुरा ग्राम पन्चायत-४ बिहार बस्ने ५५ वर्षीय जगदिश गणेश सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी झापा, गौरीगंज गाउँपालिका-६ तिनटोलिया बस्ने ५२ वर्षीया शान्ति देवी महतो सोही ठाउँस्थित बाटोमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी रसुवा, आमाछोदिङ्मो गाउँपालिका-५ थाम्बुचेतमा लेवर काम गर्दै बस्ने भोजपुर घर भएका ३५ वर्षीय बिष्णु कुमार राई आफ्नै टहरोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता बैतडी, दोगडाकेदार गाउँपालिका-५ स्थित सल्सेना नजिक भिरमा दार्चुला शैल्यशिखर नगरपालिका-२ रौतडा बस्ने ३० वर्षीय खेमराज कपाडी सोमबार मृत अवस्थामा फेला परेका छन् । शैल्यशिखर नगरपालिकामा कार्यरत कपाडी कार्यक्रममा सहभागी हुन से.४ प ३४७५ नम्बरको मोटरसाइकलमा आइतबार बिहान डडेल्धुरातर्फ गएकोमा सम्पर्क विहीन भएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

त्यस्तै काठमाडौं महानगरपालिका-२५ बाङ्गेमुढामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै पर्सा, ठोरी गाउँपालिका-४ स्थित उखु बारीमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थमा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार