आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ, सुन्दरहरैचा नगरपालिका-३ आइतबारे बस्ने ४८ वर्षीय साईला भन्ने जित बहादुर तामाङ रहेका छन्  । ती बालिकालाई भदौ १७ गते बिहान तामाङले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियामा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



पछिल्लो समय नेपालमा जबरजस्ती करणीका घटनामा वृद्धि भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार