नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ भदौ ।
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार २०० रहेकोमा मंगलबार रु १ लाख १२ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार ६५० रहेकामा मंगलबार प्रतितोला रु १ लाख ११ हजार ४५० मा कारोबार भएकोे थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि मंगलबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै एक हजार ३९० मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४०५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
यसअघि सुनको मूल्यले २०८० साउन ४ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ५० मा कारोबार भएको थियो ।