नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ भदौ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । भक्तपुर, सुर्यविनायक नगरपालिका-१० चित्तापोलस्थित झोलुङगे पुल नजिक काभ्रे बनेपा नगरपालिका-१३ नयाँ बस्ती साँगा बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-३ घर भएका २३ वर्षीय शैलेश भारती शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै कपिलवस्तु, बुद्धभूमी नगरपालिका-१ तरबारेस्थित सडक छेउमा सोही नगरपालिका-१ चाङ्घाट बस्ने ४३ वर्षीय विष्णु प्रसाद चालिसे शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता बर्दिया, बाँसगढी नगरपालिका-५ स्थित मैनापोखर जाने सडकको नहरमा बढैयाताल गाउँपालिका-६ बस्ने ४५ वर्षीय लाल बहादुर रेग्मी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै बारा, देवताल गाउँपालिका-४ पिप्रढी टोलस्थित नहरमा सोही ठाउँ बस्ने ८० वर्षीय हात्तिम मिया बिहीबार मृत अवस्थामा फेला परेका छन् । उता पाँचथर, फिदिम नगरपालिका-७ रानिटार बस्ने ४८ वर्षीया सिजमाया राई फिदिम नगरपालिका १ र ७ को सिमास्थित नाम्दु खोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी लमजुङ, राईनास नगरपालिका-६ पोखरेटारस्थित बाटोमा सोही ठाउँ बस्ने ४८ वर्षीय पुर्ण बहादुर सार्की बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनुषा, धनुषाधाम नगरपालिका-९ धारापानी बस्ने ५६ वर्षीया मानकी देबी पंन्जियार सोही ठाउँस्थित बँगैचामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
यता ललितपुर, बागमती गाउँपालिका-७ गिम्दी बेसीस्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

