सिमकार्ड डुप्लिकेसन गरी ६ लाख भन्दा बढी रकम ठगी गर्ने व्यक्ति पक्राउ

सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको अभियोगमा  प्रहरीले एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली रहेका छन् ।

पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एकटिभ गराई पीडितको बैंक खाताबाट बिभिन्न बैंक खाता तथा वालेटहरुमा पटक-पटक गरी ६ लाख २ हजार ५ सय ४८ रूपैयाँ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउगरेको हो ।



उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार