नवकान्तिपुर संवाददाता
काठमाडौं, २ असोज ।
न्यायपरिषद्को बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो ।
परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकालेका थिए । नियुक्त हुनेमा वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतमलगायत रहेका छन् । साथै, बैठकले मंगलबारै १९ जना न्यायाधीशको सरुवा गरेको छ । उच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा पदस्थापन गरिएको हो ।
सूची :