सावित्री कन्चनजंगा अगरबत्तीको आकर्षक नयाँ उपहार योजना

हिन्दुहरूको महान् चाड दशैं–तिहारलाई लक्षित गरेर सावित्री कन्चनजंगा अगरबत्तीले ‘स्क्यान दनादन, उपहार टनाटन’ भन्ने मूल नाराका साथ नयाँ स्किम लञ्च गरेको जनाएको छ ।

यस योजनाअन्तर्गत उपभोक्ताहरुलाई विभिन्न प्रकारका उपहारमा सहभागी गरिने, सहुलियत दरमा सुगन्धित अगरबत्ती ग्राहक वर्गको पहुचसम्म पुर्याउनेलगायतका कार्य हुने कम्पनीले जनाएको छ । सावित्री ब्राण्ड रहेको क्युआर कोड स्क्यान गरेर विभिन्न उपहारहरु प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ ।



उपहार विजेताहरूले ३२ इन्चको टेलिभिजन सेट, स्र्माट फोन ,लुम्बिनी पोखरा प्याकेज टुर, स्र्माट वाच र हरेक दिन १०० प्राप्त गर्न सक्ने छन् ।

सावित्री कन्चनजंगा अगरबत्ती नेपाली बजारमा चिरपरिचित नाम हो । यसको लोकप्रियता दिनानुदिन बढ्दो अवस्थामा छ । बजारका अन्य अगरबत्तीको तुलनामा सावित्री कन्चनजंगाा अगरबत्ती सरल हुनुको साथै अरु अगरबत्तीको तुलनामा किफायती पनि छ । एउटै प्याकेटमा धेरैवटा फ्लेवरका अगरबत्ती पाइनु यसको अर्को विशेषता बनेको छ ।

 

सम्बन्धित समाचार