सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार ५०० रहेकोमा बुधबार रु १ लाख १२ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार ९५० रहेकामा मंगलबार प्रतितोला रु १ लाख १२ हजार २५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य भने बुधबारको मूल्य भन्दा ५ रुपैयाँ बढ्दै एक हजार ४१० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४०५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यसअघि सुनको मूल्यले २०८० साउन ४ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ५० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार