नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असोज ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । गुल्मी, मदाने गाउँपालिका-६ न्वारा बस्ने २२ वर्षीय कपिल कुँवर प्युठान झिम्रुक गाउँपालिका- ४ स्याउ खोला नजिक सडकदेखि करिब ८० मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
कपिल र सोही गाउँपालिका-५ ठुलो खोप्चा बस्ने २५ वर्षीय रमेश खड्का असोज १ गते रमेशको ससुराली गएको र असोज २ गते प्युठान झिमरुक गाउँपालिका-१ बालुवातर्फ गएकोमा रमेश फर्केको तर कपिल नफर्केपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो । कपिलको मृत्यु शंकास्पद देखिएपछि रमेशसमेत २ जनालाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै नलवपरासी पश्चिम, बर्दघाट नगरपालिका-५ पुर्वटोला बस्ने ७० वर्षीया बिष्णु कुमारी कार्की सोही ठाउँस्थित माछा पाल्ने पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता चितवन, भरतपुर महानगरपालिका-२ लायन्सचोकस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी २७ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै गोरखा, गोरखा नगरपालिका-१३ रामशाह टोल बस्ने ६५ वर्षीया निरुपा भट्टराई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । उता रुपन्देही, बुटवल उपमहानगरपालिका-९ इँटाभट्टीस्थित होटल वजनमा हाल नाम, थर, वतन नखुलेकी २१ वर्षीया महिला गएराति मृत अवस्थामा फेला परेकी छन् ।
गुल्मी सत्यवती गाउँपालिका- २ घर भएका प्रबिन थापाको नाममा बुक गरेको कोठामा ती महिला मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवल समेतबाट खटिएको प्रहरीले मृत्यु शंकास्पद देखेपछि अनुसन्धानको क्रममा कोठा बुक गर्ने प्रबिन थापा सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
यस्तै प्युठान, माण्डवी गाउँपालिका-१ तिराम माझटोल बस्ने ७८ वर्षीय बामदेव उपाध्याय आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, टोखा नगरपालिका-९ मा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ घर भएका ४३ वर्षीय हरिबोल खड्का आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।