नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आजदेखि औपचारिक चीन भ्रमण आरम्भ हुँदै छ । अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा गएका हुन् ।
प्रधानमन्त्री शुरुमा चीनको हन्जाउमा हुने १९औं एशियाली खेलकुदको उद्घाटनमा सहभागी हुने र त्यपछि बेइजिङ जाने कार्यक्रम रहेको छ ।
बेइजिङमा उनले चिनिया समकक्षीसँग ली छ्याङलगायतसँग द्विपक्षीय वार्ता हुने र असोज ८ गते चिनिया राष्ट्रपति सी जिनफिङसँग भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल चीनका समकक्षीको निमन्त्रामा त्यसतर्फ गएका हुन् ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सीमा नाका खोल्ने, व्यापार घाटा कम गर्नेदेखि कृषि, स्वास्थ्य, सडक, विद्युतलगायतका विषयहरूमा छलफल हुने छ ।