आज कति छ सुनको मूल्य ?

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार २०० रहेकोमा आइतबार पनि रु १ लाख १२ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार ६५० रहेकामा आइतबार पनि प्रतितोला रु १ लाख ११ हजार ६५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहँदै आइतबारको मूल्य अनुसार नै कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ४३० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यसअघि सुनको मूल्यले २०८० साउन ४ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ५० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार