सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार ८०० रहेकोमा सोमबार रु १ लाख १२ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार २५० रहेकामा सोमबार प्रतितोला रु १ लाख ११ हजार ६५० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य पनि सोमबारको मूल्य भन्दा ३० रुपैयाँ घट्दै एक हजार ४०० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४३०  मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यसअघि सुनको मूल्यले २०८० साउन ४ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ५० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार