टर्की पठाइदिन्छु भन्दै एक करोडभन्दा बढी ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारको लागि टर्की पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-५ लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरूची भुजेललाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सोही टोल ठेगाना भएका ४२ वर्षीय विनोद श्रेष्ठ समेतले ३० जनालाई वैदेशिक रोजगारका लागि टर्की पठाइ टर्कीमा गएको भूकम्प पश्चात पुन: निर्माणको लागि युएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने भनी प्रलोभनमा पारी पीडितहरुबाट १ करोड १५ लाख ९९ हजार ८ सय रूपैयाँ ठगी गरेकोले आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभागबाट जाहेरी दरखास्त प्राप्त भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महराजंगजबाट खटिएको प्रहरीले उनलाई पोखरा कास्कीबाट पक्राउ गरेको हो ।



उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित समाचार