सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ? 

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ८०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ८ हजार ८०० रहेकोमा बिहीबार रु १ लाख ९ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ८ हजार ३०० रहेकामा बिहीबार प्रतितोला रु १ लाख ९ हजार १०० मा कारोबार भएकोे थियो ।



यसैगरी आज चाँदीको मूल्य भने बिहीबारको मूल्य भन्दा २५ रुपैयाँ बढ्दै एक हजार ३९५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३७० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

यसअघि सुनको मूल्यले २०८० साउन ४ गते सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ५० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार