कोकाकोलाको कार्यालयमा अमेरिकन चेम्बर अफ कमर्सको ‘मेम्बरसिप लर्निङ’ कार्यक्रम

अमेरिकी लगानीमा नेपालमा संचालित व्यवसायहरुको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्सले (एमच्याम)ले आफ्ना सदस्य मध्येको एक बोटलर्स नेपाल (तराई) लिमिटेडमा ‘मेम्बरसिप लर्निङ’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमले एमच्यामका सदस्यहरूलाई नेपालमा सञ्चालित सबैभन्दा पुरानो अमेरिकी कम्पनी बोटलर्स नेपालका सदस्यहरूसँग भेट्ने, कम्पनी तथा यसको व्यवसाय, उत्पादन प्रक्रिया, गुणस्तर, दिगोपना र समुदाय वरपरका अन्य गतिविधिहरू बारे जान्ने अवसर प्रदान गरेको एमच्यामका अध्यक्ष अजित शाहले बताए ।



कम्पनीले पेय पदार्थ उत्पादन मात्रै गर्ने नभई बोतलको रिसाइकल समेत गर्दै आएको छ । सो अवसरमा एमच्याम सदस्यहरूलाई नारायणी मोडेल सेकेन्डरी स्कुलको भ्रमण गराइएको थियो । भ्रमणका क्रममा कोका-कोलाले आफ्नो साझेदार स्प्लास नेपालसँग मिलेर ‘रेन वाटर हार्वेस्टिङ’ र ‘ग्राउन्ड वाटर रिचार्ज’ परियोजना कार्यान्वयन गरेकोबारे जानकारी गराएको थियो ।

यस परियोजना मार्फत पिउने पानीको सुविधा गरिएकाले विद्यालयका तीन हजार विद्यार्थी सहज लाभान्वित छन् ।
एमच्यामको नेटवर्किङ कमिटीले समन्वय गर्ने यो कार्यक्रम हरेक सदस्यको कार्यालयमा गएर अन्तरक्रिया र अवलोकन गर्ने भएकाले त्यहाँको बारेमा बिस्तृतमा बुझ्ने, कम्पनीहरूबीच व्यवसायिक साझेदारीको ढोका खुलाउने तथा समस्याहरूसँग जुध्न एक ढिक्का बनाउने शाह बताउँछन् ।

एमच्यामका बोर्ड सदस्य आकाश गोल्छाले एमच्याम टिमलाई यस्तो महत्त्वपूर्ण भ्रमण गराएकोमा कोका कोला टिमलाई धन्यवाद दिए।

एमच्याम नपालका अध्यक्ष अजित शाह र सिडर गेट्सका प्रमोद राईको नेतृत्वमा लर्निङ सिरिज सञ्चालन गरिएको थियो । कार्यक्रमको संयोजन बोटलर्स नेपालको पब्लिक एफियर्स डाइरेक्टर स्नेह राजभण्डारीले गरेकी थिइन् ।

सम्बन्धित समाचार