नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।
सुनसरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरी, इटहरी उपमहानगरपालिका-१२ पुरानो ट्रान्सपोर्टस्थित सडकमा शुक्रबार बिहान दुई वटा मोटरसाइकल र बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा देश १-०२-०४६ प ७२५८ नम्बरको मोटरसाइकल चालक मोरङ बिराटनगर महानगरपालिका बस्ने १९ वर्षीय अजित थापा र मोटरसाइकलमा सवार सुनसरी देवान्गंज गाउँपालिका-५ बस्ने २३ वर्षीय पवन कुमार साह रहेका छन् । प्रदेश १- ०२-०४६ प १९६७ र प्रदेश १-०२-०४६ प ७२५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर पुन: स.१ ख ८१६ नम्बरको बसमा ठक्कर खाई भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका १ जनाको बिराटनगर नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।