नेपालले दियो माल्दिभ्सलाई जितको लागि २१३ रनको लक्ष्य

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई जितको लागि २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

चीनको झिलाङ्ग युनिभरसिटी अफ टेक्नोलोजीको पिङ्गफेङ्ग क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।



नेपालका लागि रोहित कुमारले पौडेल ५२ रनको अर्धशतकीय पारी खेले भने कुशल मल्ल ४७ रनमा अविजित रहे । त्यस्यै कुशल भुर्तेल र गुलशन झाले समान ३५-३५ रन जोड्दा विनोद भण्डारीले १३ रन बनए । माल्दिभ्सका लागि स्माइल नवाव बादेयुले ३ विकेट लिए भने मोहम्मद रायन थोलाल, स्माइल अली, मोहम्मद माइभान र नाइल स्माइल नासिरको भागमा समान १-१ विकेट रह्यो ।

नेपाल आजको खेल जित्दै क्वाटर फाइनलमा स्थान बनाउने योजनाका सत्क मैदान उत्रेको छ । समूह ए मा शीर्ष स्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ । पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन् । प्रतियोगितामा भाग लिन नेपाली पुरुष क्रिकेट टोली आइतबार नै चीन पुगेको हो ।

सम्बन्धित समाचार