अभिनाश बोहराको सानदार बलिङ्गमा माल्दिभ्सविरुद्ध नेपालको सानदार  जित 

नेपाल क्वाटर फाइनलमा प्रवेश  

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

झिलाङ्ग युनिभरसिटी अफ टेक्नोलोजीको पिङ्गफेङ्ग क्रिकेट रंगशालामा टस जितेर सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २१२ रन बनाएको हो ।



नेपालका लागि  रोहित कुमारले पौडेल २७ बलमा समान ३ चौका र छक्काको मद्दतमा  ५२ रनको अर्धशतकीय पारी खेले भने कुशल मल्ल ४७ रनमा अविजित रहे । त्यस्यै कुशल भुर्तेलर गुलशन झा समान ३५-३५ रन बनाई आउट भए भने विनोद भण्डारीले १३ रन जोडे ।

माल्दिभ्सका लागि स्माइल नवाव बादेयुले ३ तथा मोहम्मद रायन थोलाल, स्माइल अली, मोहम्मद माइभान र नाइल स्माइल नासिरले समान १ विकेट लिए । २१३ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा मात्र ७४ रनमा अलआउट भयो ।

माल्दिभ्सका लागि मुभियाथ गानीले ३६, रसिद रासमले १२ र फरिद सिउसले १० रन बनाउनु बाहेक माल्दिभ्सका ६ जना खेलाडीले खाता पनि खोल्न सकेनन् । नेपालको लागि अभिनाश बोहराले ६ विकेट लिए भने सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेललेको भागमा समान १-१ विकेट रह्यो ।

जितसंगै नेपाल समूह ए मा शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा नेपालले भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ । पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन् । प्रतियोगितामा भाग लिन नेपाली पुरुष क्रिकेट टोली आइतबार नै चीन पुगेको हो ।

सम्बन्धित समाचार