खस्कँदो हस्तकला व्यवसायलाई माथि उठाउन र पर्यटन प्रवर्ध्दन गर्न मेरो उम्मेद्वारी– महर्जन

ललितपुर उद्योग बाणिज्य संघको निर्वाचनको सरगर्मी बढेको छ । खस्कँदो हस्तकला व्यवसायलाई माथि उठाउने तथा पर्यटन प्रवर्ध्दन गर्ने मुद्दा लिएर रूपकमान महर्जन अध्यक्ष पदमा प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । देशकै पुरानो वाणिज्य संघको आसन्न ४४औं साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ ।

‘ललितपुर जिल्लालाई सधैंभरि काठमाडौंको छायाँमा परेको अवस्थालाई परिवर्तन गराएर हामी यसलाई निर्णायक रूपमा नै हस्ताकलाको केन्द्र बनाउन पहल गर्ने छौं । व्यवसायीहरूहरूले व्यवसाय शुरू गर्दा र संचालन गर्दा भोग्नुपरेका कानुनी जटिलताहरूको सहजीकरण गरेर व्यवसाय मैत्री नीति निर्माणको लागि लबिंग गर्ने कार्यलाई अगाडि बढाइने छ’ अध्यक्षका प्रत्यासी महर्जनले भनेका छन् ।



प्रत्यासी महर्जनले खस्कँदो हस्तकला व्यवसायलाई माथि उठाउन, पर्यटन प्रवर्ध्दन गर्न र २९ वटै वस्तुगत संघका सरोकारका विषयहरू उठाउन पहल गर्ने पनि बताए । उनले यस क्षेत्रमा रहेका २०० भन्दा बढी टेक्सटाइल उद्योगको व्यापार प्रवद्र्धन गर्न ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी ललितपुरको दक्षिणी भागमा कृिष उद्यमको प्रचुर सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रका बासिन्दाले लाभ लिन नसकेको कटु यथार्थबारे आफू चिन्तित रहेको बताउंदै कृषिको विविधीकरण र व्यवसायीकरणद्वारा यो क्षेत्रको आर्थिक सवलीकरणमा आफू पूर्ण रूपमा लागिपर्ने बताए ।

त्यस्तै उनले यस क्षेत्रको पर्यटन प्रवर्ध्दन, हस्तकला र पुरातन ज्ञानको पुस्तान्तरणजस्ता कुराहरूमा आफूले युगान्तकारी पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

 

सम्बन्धित समाचार