नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२८ स्थित लक्ष्मी चाट हाउसमा काम गर्ने दोलखा चरिकोट घर भएका ६२ वर्षीय श्याम बुढाथोकी आफ्नै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै झापा, शिवसताक्षी नगरपालिका-४ बिसुडुबास्थित माईखोलामा झापा गाउँपालिका-६ बस्ने ४८ वर्षीय जनकु मण्डल आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।