प्रधानमन्त्री प्रचण्डले गरे इजरायलको बङ्करमा रहेका विद्यार्थीसँग संवाद

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग संवाद गरेका छन् ।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहेका  नेपाली विद्यार्थीसँग संवाद गरेका हुन् ।

उनले नेपाली विद्यार्थी विपीन सुवेदीसँग संवाद गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । संवादको क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेको बताए ।



प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई नआतिन्न भन्दै सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीस्तरमा पनि कुराकानी भएको र इजरायली दूतावाससँग पनि यसबारेमा नियमित छलफल भइरहेको उल्लेख गरे ।

सम्बन्धित समाचार