नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज ।
दक्षिण कोरियाको ख्यङजु नेपाली एकता समाजको दोस्रो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । दक्षिण कोरियाको ख्यङजु नेपाली एकता समाजको दोस्रो अधिवेशनले नारायण बहादुर खड्काको अध्यक्षतमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिलाई समाजका यसअघिका अध्यक्ष रहेका रोशन बोहराले ख्यङजु क्षेत्रमा नयाँ कार्यसमितिलाई जिम्मेवारी प्रदान गर्दा खुसी लागेको भन्दै त्यस क्षेत्रमा कार्यरत नेपालीहरुबिच एकता, सद्भाव र आपसी सहयोग र भाइचारा आगामी दिनमा झनै बढ्दै जाने विश्वास ब्यक्त गरे ।
त्यस्तै उनले समाजलाई सहयोग गर्न आफू सधै तत्पर रहेको उद्घोष गरे । कार्यक्रममा उल्सान नेपाली समाजका महासचिव अनिल पौडेल अन्याङ्ग नेपाली समाजका अधयक्ष भुवन राक्क्ष लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिंदै आफ्नो मन्तव्य ब्यक्त गरेका थिए ।
त्यस्तै नवनिर्वाचित कार्यसमितिका अध्यक्ष खड्काले आफूलाई नयाँ नेतृत्व गर्ने अवसर दिएको धन्यवाद ज्ञापन गरेका थिए। उनले यसक्षेत्रका सम्पूर्ण संघसंस्थाका प्रतिनिधीहरु, बुद्धिजीवी तथा व्यवसायीक वर्गलाई धन्यवाद दिंदै कार्यकालमा सहयोग र समन्वयको अपेक्षा राख्दै सबैसँग हातेमालो गरेर एकता समाज अघि बढ्ने बताए ।
अध्यक्ष खड्काले नयाँ कार्यसमितीलाई विभिन्न माध्याम वाटा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने र सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए । ‘हामीलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सबै पक्षलाई हृदय देखिनै धन्यवाद तथा हार्दिक आभार प्रकट गर्दछौं ’ उनले भने ।
यस्तो छ नवनिर्वाचित कार्यसमिति
अध्यक्ष : नारायण बहादुर खड्का
वरिष्ट उपाध्यक्ष : हेम कुमार श्रेष्ठ
उपाध्यक्ष : निशान्त नेपाल
महासचिव : दिपक कँडेल
सचिव : जितेन्द्र चौधरी
सह सचिव : अमोस कार्की
सह सचिव : प्रविण न्यौपाने
कोषाध्यक्ष : नारायण प्रसाद शर्मा
सह कोषाध्यक्ष : राम रुम्बा
सदस्यहरू : सरोज ट्याटा, अर्जुन पौडेल, एसिका बोहोरा
सल्लाहकारहरू : कुमार केसी, रोशन बोहोरा
संरक्षकहरू : मनोज सुबेदी, विकास पौडेल