राष्ट्रिय विज्ञापन संघको प्रथम वार्षिक साधारणसभा समपन्न

राष्ट्रिय विज्ञापन सघं (नान) को प्रथम वार्षिक साधारणसभा समपन्न भएको छ । सभापति धर्मेन्द्रकाजी श्रेष्ठको सभापतित्वमा होटल एल्लो प्यागोडामा भएको साधारणसभामा माननीय स्वास्थ्य तथा जनसख्या मन्त्री मोहनबहादुर बस्नेत प्रमुख आतिथिका रूपमा उपस्थित थिए ।

साधारणसभामा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमगाई, मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्कराज राजकर्णिकार, नेपाल चेम्बर्स अफ कर्मसका वरिष्ठ उपाध्यक्ष कमलेसकुमार अग्रवाल, ब्रोकाष्टिङ्ग एसोशियसनका अफ नेपालका अध्यक्ष कुमार भट्टराईलगायतको उपस्थिति रहेको थियो ।



प्रमुख अतिथि बस्नेतले संस्थागत विकासका लागी सबै विज्ञापन व्यवसायिहरू एक भएर अगाडि बढनु पर्नेमा जोड दिए । उनले थपे– ‘संस्थाको प्रगतिको कामना गर्दै एउटै उद्देश्य बोकेका संस्थाहरू फुटेर हैन जुटेर राज्यसँग लड्नु पर्नेमा तपाईहरू फुटेर अर्को सस्था जन्माउँदै हिडनु भएको छ, त्यो राम्रो होइन ।’

साधारणसभालाई सम्बोधन गर्दै अतिथिका रूपमा रहेका भाष्कराज राजकर्णिकारले भने ‘विज्ञापनको बजार ६० प्रतिशतले घटेकोले विज्ञापन एजेन्सी तथा मिडिया इण्डष्ट्रीहरू धरायसी बन्दै गएका र यसको प्रभावले यस क्षेत्रमा भएको अरबौंको लगानी डुब्ने निश्चत देखिएको छ । त्यतातिर गम्भीर भएर सोच्न माननीय मन्त्रीमार्फत ध्यानार्षण गराउन चाहन्छु ।’

साधारणसभाको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिँदै सभापति धर्मेन्द्रकाजी श्रेष्ठले सभाको बिर्सजन गरे ।

सम्बन्धित समाचार