वेस्टर्न युनियन मनी ट्रान्सफरको दोस्रो साप्ताहिक लक्की ड्रको नतिजा सार्वजनिक

वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठ पर्वको अवसरमा जारी गरेको ‘दशैँमा दश गुणा’ अभियानको दोस्रो लक्की ड्रको नतिजा सार्वजनिक गरेको छ । योजनाको दोस्रो हप्तामा वेस्टर्न युनियन मनी ट्रान्सफरबाट रेमिटेन्स प्राप्त गरेका ग्राहकहरुको मध्ये ८ जनाले २५ हजारसम्मको कारोबार रकममा दुई गुणा प्राप्त गरेका छन् ।

दोस्रो हप्ताका विजेताहरुमा रोभयाडा खातुन, मो नसिबुल रेन, मीरा केसी, रामकुमार लिम्बु, मंगल तामाङ, मेनुका गिरी, आयुब खान र बिल्टु मण्डल रहेका छन् ।



यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले नेपालका सबै ७७ जिल्लाहरूमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरहरूमध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गरेको हुनुपर्नेछ । अभियान अवधिका प्रत्येक कारोबारहरू स्वतःस्फूर्त रूपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुने जनाइएको छ । यो योजना नेपालभरि असोज ८ गतेदेखि सुरू भई आगामी मंसिर १० सम्म लागु हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

यस योजनाअन्तर्गत आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरूले रू २५ हजारसम्मको कारोबारमा दुई गुणा र सो भन्दा बढीको कारोबारमा २५ हजार पुरस्कार पाउनेछन् । यसका साथै बम्परमा भाग्यशाली ग्राहकले एक लाखसम्मको कारोबारमा दश गुणा प्राप्त गर्नेछन् भने पचास हजार भन्दा कम कारोबारमा निश्चित पुरस्कार पाँच लाख प्राप्त गर्नेछन् । यदि विजेताको कारोबार रकम रू एक लाखभन्दा बढी भएमा विजेताले निश्चित पुरस्कार रकम दश लाख प्राप्त गर्नेछन् ।

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफर विगत २७ वर्षभन्दा बढी समयदेखि नेपालीहरूलाई २०० भन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

सम्बन्धित समाचार