विश्वकप क्रिकेट : भारतद्वारा पाकिस्तान ७ विकेटले पराजित  

भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । शनिबार भएको खेलमा भारतलेपाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो भने पाकिस्तानको पहिलो हार । भारतको नरेन्द्र मोदी स्टेडियम अमहदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रनमा समेटिएको थियो । पाकिस्तानका लागि कप्तान बाबर अजामले ५० रनको अर्धशतकीय पारी खेले भने मोहम्मद रिजवान ४९ रन बनाए । त्यस्ते इमाम उलहक ३६ र अब्दुल्लाह साफिक २० रन बनाउँनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन ।



भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रविन्द्र जडेजाले समान २-२ विकेट लिए । १९२ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले ३० दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो  । भारतको लागि कप्तान रोहित शर्मा र श्रेयस अय्यरले अर्धशतकीय पारी खेल्दै खेल्दै क्रमश: ८६  ५३ रन बनाए  । यस्तै  केएल राहुल १९ रनमा अविजित रहँदा शुभमन गिल र विराट कोहलीले समान १६-१६ रन जोडे ।

पाकिस्तानका लागि साहिन साह अफ्रिदीले २ विकेट लिए भने हसन अलीको भागमा १ विकेट रह्यो । जितसंगै भारत ३ खेलमा ३ जित निकाल्दै ६ अंक अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले र दोस्रो खेलमा  खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो भने पाकिस्तानले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले  र दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको थियो ।

सम्बन्धित समाचार