पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।



नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

निगमले पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७।५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले मूल्य घटाएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य १७५ र डिजेल तथा मट्टितेलको १६५ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु १६५ कामय भएको छ ।

यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु १७१ र डिजेलको मूल्य प्रतिलिटर रु १६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य प्रतिलिटर रु १६८ तोकिएको छ ।

यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर १८० तथा डिजेलको मूल्य प्रतिलिटर १ ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु १८२ र डिजेलको मूल्य प्रतिलिटर रु १७२ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ र डिजेलको मूल्य प्रतिलिटर रु १७३ थियो ।

यस्तै निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८९५ कायमै छ । भारतीय आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यसूचीका अनुसार आइतबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ ।

सूची

सम्बन्धित समाचार