विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सद्वारा दक्षिण अफ्रिका पराजित 

भारतमा जारीएकदिवसीय विश्वकपमा नेदरल्यान्ड्स विजयी भएको छ । मंगलबार भएको खेलमा नेदरल्यान्ड्सले  दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको हो ।

जारी प्रतियोगितामा नेदरल्यान्ड्सको यो पहिलो जित हो भने दक्षिण अफ्रिकाको पहिलो हार । भारतको धर्मशालामा भएको वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ४३ ओभरको खेलमा ८ विकेट गुमाउँदै २४५ रन बनाएको थियो ।



नेदरल्यान्ड्सको लागि कप्तान स्कोट एडवर्ड्सले अविजित रहँदै ७८ रनको अर्धशतकीय पारी खेले भने रुलोफ वान डेरले २९ रन बनाए । त्यस्तै आर्यन दत्त २३ रनमा अविजित रहँदा तेजा निदामनुरुले २० रन जोड्नु बजेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसन र कगिसो रबाडाले समान ३-३ विकेट लिँदा जेराल्ड कोएत्जी र केशव महाराजको भागमा समान १-१ विकेट रह्यो । २४६ रनको लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिका ४२।५ ओभरमा अलआउट हुँदै २०७ रनमा समेटियो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ४३ रन बनाए भने हेनरीच क्लासेनले २८ रन जोडे । यस्तै केशव महराजले ४० रन बनाई आउट भए भने जेराल्ड कोट्जेले २२ रन बनाउँदा क्विन्टन डिककले २० र टेम्बा बभुमाले १६ रन बनाए ।

नेदरल्यान्ड्सका लागि लोगन भान बेकले ३ विकेट लिए भने पउल भान मिकेरेन, रोएलोफ भान डेर मेर्वी र बास डी लिडको भागमा समान २-२ विकेट रह्यो । प्रतियोगिता अन्तर्गत आज चेन्नाईमा न्युजिल्याण्ड र अफगानिस्तान नेपाली समय अनुसार सवा दुई बजे भिड्दै छन् ।

सम्बन्धित समाचार