पठाओ दशैं महोत्सवमा बोगटी र सिंहले जिते यामाहा मोटरसाइकल

‘पठाओ दशैं महोत्सव– २०८०’ को बम्पर पुरस्कारअन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशनसिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जित्न सफल भएका छन् ।

काठमाडौँ उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरी तोकिएको मापदण्ड पूरा गरेका कूल ५८५ जनामध्ये गोला प्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरिएको थियोे ।



नेपालीहरूको महान् चाड दशैंको अवसरमा तीन वर्षदेखि दशैं महोत्सव गर्दै आएको र आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने पठाओ नेपालका प्रवन्ध निर्देशक असीममान सिंह बस्न्यातले बताए ।

पठाओ नेपालसँग आबद्ध भई फ्रन्टलाइनमा दिनरात घाम–पानी नभनी खटिने साथीहरूको सम्मानमा बम्पर पुरस्कारको सहकार्य गरिएको र आगामी दिनमा पनि यस्ता सहकार्य जारी राखिने यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एम. ए. डब्लु. इन्टरप्राइजेज प्रालिका जनरल म्यानेजर (सेल्स एण्ड बिजनेस डेभलपमेन्ट) दिपक रौनियारले बताए ।

बिजेता दुबै जनालाई पठाओ नेपालका असिममान सिंह बस्न्यात र एम. ए. डब्लु. इन्टरप्राइजेज प्रालिका दिपक रौनियारले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरेका छन् ।

गोला प्रथाद्वारा प्रदान गरिएको बम्पर पुरस्कारको कार्यक्रम पठाओ नेपालको सामाजिक सन्जालमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो ।

बम्पर पुरस्कार बिजेता पठाओ क्याप्टेन नवराज बोगटी २०२२ मेमा पठाओमा आवद्ध भई करिब ३ हजार ट्याक्सी राइड पूरा गरेका चालक हुन् भने अर्का विजेता पठाओ राइडर विशनसिंह कोट्टारी २०२१ जनावरीदेखि पठाओमा आवद्ध भई ५ हजार बढी बाइक राइड पूरा गरेका राइडर हुन् ।

दशैं महोत्सवको अफर असोजको ८ गतेदेखि २८ गतेसम्म चलेको थियो ।

सम्बन्धित समाचार