एनआरएनएको अध्यक्षमा डा.बद्री केसी विजयी, कुन पदमा को भए विजयी ? (सूचीसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । बिहीबार काठमाण्डौंस्थित होटल सोल्टीमा भएको एनआरएनएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा प्रत्यक्ष र अनलाइन मतदानमा एनआरएनएको अध्यक्ष पदमा डा. केसी विजयी भएका हुन् ।

उनले अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गरेका हुन् । डा.केसी १ हजार ३७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।



त्यस्तै संगठनको उपाध्यमा डा. हेम राज शर्मा, रोविन शेरचन, रामशरण सिमखडा, खगेन्द्र न्यौपाने,  राज रेग्मी र डा.विनोद श्रेष्ठ विजयी  भएका छन् । यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान विजयी हुँदा युवा उपाध्यक्षमा रोसन थापा, महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा विजयी भए ।

यस्तै ६ सचिव पदमा भिम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी , मनोज कुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप शाह विजयी भएका छन् । त्यसैगरी महिला सचिवमा टिक गुरुङ, राधिका, कोषाध्यक्षमा सुदन थापा, सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना, अभिमन्यू बस्नेत र तिलक प्रसाद गैरे विजयी भएका छन् ।

यस्तै महिला सहकोषाध्यक्षमा अमृत थापाले विजयी हुँदा अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान र संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ विजयी भएका छन् ।

सम्बन्धित समाचार