नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कार्तिक ।
धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । आज (आइतबार) बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत धादिङ गोरखा, नुवाकोट, कास्कीसहित विभिन्न जिल्लाहरूमा महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।