मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते

मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते भएका छन्  । आज (मंगलबार) बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भारतबाट नेपाल घुम्न आएका तीर्थयात्री सवार मधेस प्र.०३–००१ज०२८३ नम्बरको सुमो इन्द्रसरोबार गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।



सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमार्डौँ ल्याइएको छ ।

सम्बन्धित समाचार