दशैंको टीकाको आज तेस्रो दिन, टीका थाप्नेक्रम जारी

विजया दशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज द्वादशीका दिन पनि जारी छ । दशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने प्रचलन छ ।

कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ । आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो ।



असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसीयालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैं अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।

 

सम्बन्धित समाचार