सीतल आचार्य
काठमाडौं, १३ कार्तिक ।
आरसी कोइराला ‘रामचन्द्र’ मानार्थ डाक्टरको उपाधिबाट सम्मानित भएका छन् । संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सामाजिक जागरूकता र शान्ति विश्वविद्यालयले कोइरालालाई उनले लोक संस्कृतिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त उपाधिबाट सुशोभित गरेको जनाइएको छ ।
नुवाकोट जिल्लाको हर्कपुर (हालको विदुर नगरपालिका वडा नम्बर १३) मा बुबा रत्नप्रसाद कोइराला तथा माता सावित्री कोइरालाको कोखबाट जन्मेका कोइराला विगत ३० वर्षदेखि अनवरत रूपमा नेपाली कला संस्कृतिको सम्बद्र्धन तथा प्रबद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् । नेपाली लोक संस्कृतिलाई अन्तर्राष्ट्रिय रङ्मञ्चमा चिनाउन उनको ठूलो योगदान रहँदैआएको छ ।
कोइराला एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनकोे नेतृत्वमा एभरेष्ट नेपाल कल्चरल ग्रुपले लामो समयदेखि नेपालमा प्रत्येक दुई दुई वर्षमा अन्तर्राष्ट्रिय स्तरको लोक सांस्कृतिक मेलाको आयोजना गर्दै आएको छ ।