डिजेल र मट्टीतेलको मूल्य घट्यो, कति पुग्यो लिटरको ? (सूचीसहित)

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । नेपाल आयल निगमको व्यवस्थापन समितिको बैठकले बुधबार बिहान १ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य लिटरमा समान ४-४ रुपैयाँले घटाएको हो ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।



यद्यपि पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

सूची

सूची

सम्बन्धित समाचार