नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कार्तिक ।
भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पाकिस्तान विजयी भएको छ । मंगलबार भएको खेलमा पाकिस्तानले बंगलादेलाई ७ विकेटले पराजित गरेको हो ।
जारी प्रतियोगितामा पाकिस्तानको यो तेस्रो जित हो भने बंगलादेशको लगातार छैटौं हार । कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४५.१ ओभरमा अलआउट हुँदै २०४ रनमा समेटिएको । बंगलादेशका लागि महमुदुल्लाहले ५६ रनको अर्धशतकीय पारी खेले भने लिटोन दासले ४५ रन बनाए । त्यस्तै कप्तान साकिब अल हसनले ४३ रन बनाई आठ भए भने मेहदी हसन मिराजले २३ रन जोडे ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी र मोहम्मद वासिमले समान ३-३ विकेट लिए भने हरिस रौफले २ विकेट लिँदा इफ्तिखर अहमदको भागमा एक विकेट रह्यो । २०५ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले ३२.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानका लागि फखर जमानले ८१ र अब्दुला शफिकले ६८ रनको अर्धशतकीय पारी खेले भने मोहम्म रिजवान २६ र इफ्तिखर अहमद १७ रनमा अविजित रहे । जितसँगै सात खेलमा ६ अंक जोडेको पाकिस्तान पाँचौं स्थानमा उक्लिएको छ भने समान खेलमा दुई अंक जोडेको बंगलादेश नवौं स्थानमा रहेको छ ।
पहिलो विकेटका लागि जमान र शफिकले २ सय २८ रनको साझेदारी गरेका थिए । बंगलादेशका लागि तीनै विकेट मेहदी हसन मिराजले लिए ।