ट्वान्टी -२० विश्वकप एसिया छनोट : नेपाल र ओमान भिड्दै 

आइसिसी ट्वान्टी -२० विश्वकप एसिया छनोटको लिग चरणको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्दै छ । आज (बिहीबार) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सरु हुनेछ ।

नेपाल आज ओमानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हात पर्दै समूह विजेता बन्दै सेमिफाइनल  प्रवेश गर्ने योजनाका साथ मैदान उत्रदै छ भने ओमान पनि घरेलु टोलीलाई पराजित गर्दै प्रतियोगतामा समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्ने दाउमा रहेको छ । नेपालले सोमबार पहिलो खेलमा सिंगापुरमाथि आठ विकेटको सहज जित निकालेको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले रनले हराएको थियो ।



दुई खेलबाट समान दुई अंक भएपनि ओमान नेटरनरेटमा शीर्षस्थानमा छ भने समान खेलमा चार नाका जोडेको नेपाल दोस्रो स्थानमा रह्यो । यी दुई टिमले एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने छनोट कार्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ । समूह ‘ए’ मा नेपालसहित  सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । यस विश्वकप छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।

 

सम्बन्धित समाचार