सरकारद्वारा सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय 

सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज (बिहीबार)सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले राति आज १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले सहसचिव राधिका अर्याललाई प्रशासनतर्फको सचिव र विश्वबाबु पुडासैनीलाई प्राविधिकतर्फको सचिवमा बढुवा गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।



सम्बन्धित समाचार