नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ कात्तिक ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित करिब १० करोड नेपाली रुपियाँका सामग्रीहरू प्रदान गर्ने जनाएको हो ।
शनिवार सामाजिक सञ्जाल एक्समार्फत उनले आपतकालिन प्रतिक्रियाको रूपमा चीनले पहिलो चरणको सहयोग कार्यक्रमको घोषणा गरेको समेत उनले बताए ।
चीनको साउथ एसियन कन्ट्रीज इमरजेन्सी सप्लाइज रिजर्भले प्रदान गर्ने उक्त सहयोग भोलिसम्ममा आइपुग्ने छ । चीन सहयोग गर्ने थप सहायताहरू आउने क्रममा रहेको जनाएको छ ।