अवैध तथा गैरकानुनी रूपमा ल्याइएका मोबाइल ब्लक हुने

अवैध तथा गैरकानुनी रूपमा ल्याइएका मोबाइल ब्लक हुने भएका छन् । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो ।

यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिएका छन् । खनालका अनुसार एमडिएमएस लागु भएसँगै अवैध वा गैरकानुनी रूपमा ल्याइएका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैनन् । त्यस्ता मोबाइलहरू पूर्णतः ब्लक हुनेछन् ।



प्राधिकरणले गत कात्तिक ४ गते एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्याण्डसेटहरू दर्ता गर्न भनेको थियो । सोही अनुसार प्राधिकरणले आजदेखि एमडिएमएस लागु गर्न लागेको हो ।

प्राधिकरणका अनुसार सुरूमा आइफोन, सामसुङ, वान प्लसजस्ता कम्पनीका हाई रेन्जका मोबाइल ह्याण्डसेटहरूमा लागु हुने छ ।

सम्बन्धित समाचार