नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कार्तिक ।
नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९मा बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जिप दुर्घटनामा पारेको हो ।
दुर्घटना परी छ जनाको घटनास्थलमै ज्यान गएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । जिप दुर्घटनामा परी मृत्यु हुनेको परिचय खुलेको छैन ।
जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।