एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारत र न्युजिल्यान्ड भिड्दै, कसले मार्ला बाजी ?

एकदिवसीय विश्वकप २०२३ प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा आज घरेलु टोली भारत र २०१९ को उपविजेता न्युजिल्यान्डबीच हुनेछ । मुम्बईको वानखेडे रंगशालामा हुने खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजे सुरु हुने हुनेछ ।

भारत लिग चरणमा सबै ९ खेल जितेर तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने न्युजिल्यान्डले भने समूहचरणमा ९ मध्ये ५ खेलमा जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।



भारतले आठौं पटक एकदिवसीय विश्वकपको सेमिफाइनल खेल्न लागेको हो भने न्युजिल्यान्डले लागि यो नवौं सेमिफाइनल हो । प्रतियोगितामा दुवै टोली लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्दैछन् ।

भारतीय प्रशंसकहरूले जुलाई १०, २०१९ को दिन सम्झनेछन्
आज, जब दुबै टोली मैदानमा उत्रनेछन्, भारतीय फ्यानहरूले सबैभन्दा पहिले याद गर्नेछन् जुलाई १०, २०१९ को दिन । भारत विश्वकप २०१९ को सेमिफाइनलमा यस टिमसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो । २०१९ मा, भारतलाई विश्वकप जित्ने बलियो दावेदार मानिन्थ्यो तर सेमिफाइनलमा न्युजिल्यान्डसँग १८ रनले पराजित भएपछि टोली बाहिरिएको थियो।

हेड-टू-हेडमा को बलियो ?
एकदिवसीय विश्वकपमा न्युजिल्यान्डको इतिहास राम्रो छ । प्रतियोगितामा यी दुईबीच १० वटा खेल भएका छन् । जसमा ५ मा न्युजिल्यान्ड विजयी हुँदा ४ पटक भारतले विजयी भएको छ । २०१९ मा एक खेल वर्षाका कारण अनिर्णित रह्यो।

दुवै टोली यस विश्वकपको २१ औं लिग खेलमा पछिल्लो पटक आमनेसामने भएका थिए । धर्मशालामा भएको खेलमा भारत ४ विकेटले विजयी भएको थियो ।

भारत र न्युजिल्यान्डले हालसम्म कुल ११७ ओडीआई खेलेका छन् । जसमा भारतले ५९ खेल जितेको छ भने न्युजिल्यान्डले ५० खेल जितेको छ । त्यस्तै ७ खेल अनिर्णित रहँदा एक खेल बराबरीमा सकिएको छ ।

पिच रिपोर्ट
वानखेडे रंगशालाको पिच ब्याटिङमैत्री छ । यहाँ राम्रो बाउन्सका कारण बल ब्याटमा राम्रोसँग आउँछ । प्रतियोगिताको पाँचौ र अन्तिम खेल यसै रंगशालामा हुनेछ । आजको खेलमा टसले सानो भूमिका खेल्न सक्छ, किनकि यहाँ यस विश्वकपको ४ मध्ये ३ खेल पहिले ब्याटिङ गर्ने टिमले जितेको छ ।

वानखेडेले अहिलेसम्म कुल २७ ओडिआई खेलहरू आयोजना गरिसकेको छ । जसमा पहिलो इनिङ्समा ब्याटिङ गर्ने टोलीले १४ खेल जितेका छन् भने दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले १३ खेल जितेका छन् । अर्थात् पुराना कीर्तिमान हेर्दा यहाँ टसले कुनै महत्वपूर्ण भूमिका खेल्दैन । यहाँको उच्चतम टिम स्कोर ४३८ हो, जुन सन् २०१५ मा भारत विरुद्ध दक्षिण अफ्रिकाले बनाएको थियो। सबैभन्दा कम स्कोर ५५ रन हो, जुन सोही प्रतियोगितामा श्रीलंकाले भारतविरुद्ध बनाएको थियो।

यस्तो रहनेछ मौसम
खेलअघि मुम्बईको मौसममा कुनै समस्या छैन । आज मुम्बईको मौसम सफा रहनेछ। १% वर्षाको सम्भावना छ। यस अवधिमा हावाको गति ६ किलोमिटर प्रतिघण्टा रहनेछ । त्यस्तै तापक्रम २५ देखि ३६ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

भारतको सम्भावित प्लेइङ-११
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी र मोहम्मद सिराज।

न्युजिल्यान्डको सम्भावित प्लेइङ-११
केन विलियम्सन (कप्तान), रचिन रविन्द्र, डेभोन कोनवे, डेरिल मिचेल, टम लाथम (विकेटकिपर), ग्लेन फिलिप्स, मार्क च्यापम्यान, मिचेल सान्टनर, लोकी फर्गुसन, टिम साउथी र ट्रेन्ट बोल्ट।

सम्बन्धित समाचार