नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।
फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँगपराजित भएको छ । बिहीबार राति भएको खेलमा नेपाल युएईसँग ४-० को फराकिलो अन्तरले पराजित भएको हो ।
युएईको घरेलु मैदान अल मौकटम रंगशालामा भएको खेलमा युएईका लागि कप्तान अलि मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले समान १-१ गोल गरेका थिए । एकतर्फी बनेको खेलमा चारै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको १०औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले गोल गर्दै युएईलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३४औँ मिनेटमा युएईका अली मखबूटले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए अली मखबूट यस्तै खेलको ४४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मखबूटले टोलीलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले गो गर्दै युएईलाई ४-० को सहज दिलाए । अब नेपालले नोभेम्बर २१ मा दोस्रो चरणको दोस्रो खेलमा यमनको सामना गर्नेछ । उक्त खेल घरेलु मैदान दशरथ रंगशालामा हुनेछ ।