नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, आज राती पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ र देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको छ ।