नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजाअर्चना गरेका छन् । उनले छट पर्वको उपलक्ष्यमा आइतबार साँझ कमलपोखरीस्थित छट पूजास्थलमा छठीमाताको पूजाअर्चना गरेका हुन् ।
छट पूजाको उपलक्ष्यमा काठमाडौंका कमलपोखरी, गौरीघाट, कुपण्डोललगायतका स्थानहरू भव्य रूपले सिँगारिएका छन् ।
उदाउँदो सूर्यलाई अर्घ्य चढाएपछि सोमबार बिहान विधिवत् रूपमा छट समापन हुने छ ।